Khabar Samachar

Search
Close this search box.

एनपीएल दोस्रो संस्करण अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला

203
VIEWS

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि हुने अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली खेलाडीले अनिवार्य रूपमा अनलाइनमार्फत नाम दर्ता गर्नुपर्नेछ।

एनपीएल आयोजक नेपाल क्रिकेट संघ ‘क्यान’ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडी र नयाँ रुपमा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीलाई दर्ता प्रक्रिया खुला गरिएको जानकारी दिएको हो।

हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने सबै नया नेपाली खेलाडीहरूले अनलाइन दर्ता गर्नुपर्नेछ।

अक्सनका लागि खेलाडीहरूलाई तीन श्रेणी – ए, बी र सी मा वर्गीकरण गरिएको छ। खेलाडीहरूले आफ्नो इच्छा अनुसार उपयुक्त श्रेणी रोजी नाम दर्ता गराउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित