Khabar Samachar

Search
Close this search box.

प्रहरीले आह्वान गरेको सार्वजनिक खरिद सम्बन्धी बोलपत्रमा मिलेमतो गरेको आरोप

206
VIEWS

नेपाल प्रहरीले आह्वान गरेको सार्वजनिक खरिद सम्बन्धी बोलपत्रमा मिलेमतो गरेको आरोप लागेपछि छानबिन सुरू भएको छ।

बन्दोबस्तीका सामान खरिदका लागि गरिएको बोलपत्र आह्वानमा मिलेमतो भएको उजुरीपछि  सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन थालेको हो।

कार्यालयका सहसचिव तथा प्रवक्ता रामबन्धु सुवेदीका अनुसार खरिद अनुगमन शाखाका प्रमुख विनोद कोइरालाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरी छानबिन सुरू गरिएको छ।

उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

‘के कसो भएको हो, यथार्थ विवरण अध्ययन गर्नू र सिफारिस गर्नू भन्ने कार्यादेश समितिलाई दिइएको छ,’ प्रवक्ता सुवेदीले भने, ‘समितिको निष्कर्ष र सिफारिस केकस्तो आउँछ त्यसअनुसार नै कार्यालयले निर्णय लिन्छ।’

नेपाल प्रहरी प्रधान कार्यालयले बन्दोबस्तीका सामानका लागि साउन १२ गते बोलपत्र आह्वान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित