नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ।
पछिल्लो समय आरोप–प्रत्यारोपमा उत्रँदै एकले अर्कालाई पार्टी छाड्न भन्दै आएका नेपाल–खनालबीच शनिबार बिहान पौने दुई घन्टा कुराकानी भएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
अध्यक्ष नेपाललको जनकपुर जाने पूर्वनिर्धारित कार्यक्रम भएकाले संवाद छिट्टै टुंगिएको नेताहरूले बताएका छन्।
‘उहाँहरूबीच संवादको थालनी भएको छ। एक अर्काविरूद्ध नबोल्ने समझदारी पनि भएको छ,’ पाण्डेले सेतोपाटीसँग भने, ‘शनिबार धेरै लामो कुराकानी भएन। फेरि छिट्टै बस्ने र बाँकी विषयमा समझदारी कायम गर्ने भन्ने भएको छ।’
पाण्डेले दोस्रो तहका नेताहरूले भेटको सहजीकरण गरेको बताए।























Discussion about this post