जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरूणबहादुर सिंहका अनुसार रेल-वे लिक पार गर्दा कारको पछाडिको पांग्रा लिकमै फसेको थियो।
कार धनुषाकै लक्ष्मिनियाँ गाउँपालिका-६ निकालका २२ वर्षीय ललित यादवले चलाएका थिए।
दुर्घटनामा उनी सामान्य घाइते भएका छन्। कारमा पनि क्षति पुगेको छ। क्षतिग्रस्त कार लिकबाट बाहिर निकालिएको अवस्थामा घटनास्थलमै छ।





















Discussion about this post