चेक बाउन्सको कसुर मुद्दामा पक्राउ परे राजु गोर्खाली पक्राउ परेका छन्। गोर्खालीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको छ । गोर्खालीलई १० करोडको बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ । ५५ वर्षीय गोर्खाली काठमाडौँ महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका छन् ।


























Discussion about this post