Skip to main content

Khabar Samachar

Search
Close this search box.

मैले सदस्यता नवीकरण गरिसकेको हुनाले अधिकार खोस्न सक्दैन : विद्या भण्डारी

204
VIEWS

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेकपा एमालेकै कार्यकर्ता रहेको बताएकी छन्।

पार्टीसँगको सम्बन्धबारे विभिन्न प्रश्न उठिरहेका बेला उनले आफूलाई एमालेसँगको पुरानो संगठनात्मक नाता कसैले खोस्न नसक्ने दाबी गरेकी हुन्।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ। आज पनि म त्यही हुँ। पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन, तर मेरो संगठनात्मक पहिचान एमालेकै हो।’

उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’

उनले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै भएको दाबी गरिन् ।

उनले भनिन्, ‘राष्ट्रपतिबाट फर्किएपछि आफूले एमालेको सङगठित सदस्यको नवीकरण गरेको दाबी गरिन् ।’

भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित