Khabar Samachar

Search
Close this search box.

उखु किसानहरू फेरि आन्दोलनका लागि काठमाडौँ

202
VIEWS

सरकारले दिँदै आएको अनुदान कटौती गरेपछि र पुरानो बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरू फेरि आन्दोलनका लागि काठमाडौँ आएका छन् । उखु किसान महासङ्घको नेतृत्वमा देशका विभिन्न जिल्लाबाट आएका किसानहरूले आजदेखि माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका हुन् ।

सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।

उखु उत्पादक महासंघको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौं आएका किसानहरु गौशालाबाट नारा–जुलुससहित माइतीघरमण्डला, बानेश्वर चोकमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन् ।

महासंघका संयोजक श्यामबाबु रायले चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेको भए पनि सरकारले दिने कबुल गरेको अनुदान नपाएको गुनासो गरे । ‘सरकारले हाम्रो उखुको रेट तय गरेर आजको दिनमा एकाएक मनोमानी ढंगले हटाउन मिल्दैन,’ संयोजक रायले भने, ‘राज्य आफैंले उखुको भाउ निर्धारण गर्छ, अनि अहिले पैसा नदिएर सुख पाउँछ ? हामी किसान मर्दैनौं ?’

आफ्ना माग पूरा गराउन किसानहरूले काठमाडौँमा सात दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । अध्यक्ष रायका अनुसार अहिले सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी  लगायत  क्षेत्रका करिब ६ सय किसान काठमाडौँ आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित