Khabar Samachar

Search
Close this search box.

जेनजी आन्दोलनको समर्थन जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा

202
VIEWS

जेनजी आन्दोलनको समर्थन जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा दिएको छ।

सोमबार जारी सूचना समितिले सरकारले जेनजी आन्दोलनका क्रममा अपनाएको दमनकारी भूमिकाप्रति गहिरो आपत्ति जनाउँदै यस्तो निर्णय गरिएको जनाएको हो ।

जारी सूचनामा भनिएको छ, “जेनजी पुस्ताका विद्यार्थी तथा युवामाथि भएको निर्मम दमन निन्दनीय छ। १९ जना युवाले ज्यान गुमाउनु परेको र सयौँ घाइते भएका घटनाले आमाबाबुको सपना, युवाको वर्तमान र मुलुकको भविष्य ढालेको छ।”

कमिटीले विगतमा विद्यार्थी हकहितका लागि कलेज स्तरदेखि केन्द्र स्तरसम्म नेतृत्व र सक्रियता जनाएको स्मरण गर्दै शैक्षिक मुद्दामा भने निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित