भाटभटेनी ग्रुपका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले सरकारलाई आवश्यक परे आफूले आधा सम्पत्ति दिन तयार रहेको बताएका छन्।
भदौ २४ गतेको तोडफोड तथा आगजनीमा ठूलो क्षति बेहोरेका गुरुङले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा आफू राज्यलाई सहयोग गर्न तयार भएको बताएका हुन्।
‘मैले त पहिलेदेखि नै यो भन्दै आएको थिएँ। राज्यलाई आवश्यक परेको बेला म आधा सम्पत्ति दिन तयार छु,’ गुरुङले सेतोपाटीसँग भने, ‘आज प्रधानमन्त्रीसँगको भेटमा पनि मैले यही भनेको हुँ।’
गुरुङले व्यवसाय पुनःसञ्चालनका लागि भने तत्काल राज्यबाट राहत र सुरक्षा चाहिएको तर्क गरेका थिए।
































Discussion about this post