Khabar Samachar

Search
Close this search box.

आज कालरात्रि देवीको पूजा गरिँदै

200
VIEWS

बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ।

कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन्। उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल दिने भएकाले उनलाई ‘शङ्करी’ नामले पनि चिनिन्छ। मान्यता अनुसार, देवी कालरात्रिको स्मरण गर्दा दानव, दैत्य, राक्षस, भूतप्रेत भाग्ने विश्वास गरिन्छ।

शास्त्रीय विश्वासअनुसार, सप्तमीका दिन देवी कालरात्रिको आराधनाले भक्तजनलाई साहस, धैर्य र आत्मविश्वास प्रदान गर्छ। साथै, जीवनका समस्याहरू समाधान गर्ने शक्ति प्राप्त हुने तथा शत्रु नाश हुने भनाइ छ। यस दिन देवीलाई सख्खर अर्पण गर्ने र गरिबलाई दान गर्ने परम्परा छ, जसले दरिद्रता निवारण हुने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित