Khabar Samachar

Search
Close this search box.

‘मलाई खलनायक बन्ने छुट छैन’ – प्रचण्ड

200
VIEWS

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सत्ताको भागबन्डामा रम्ने पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका छन् ।

नयाँ पुस्ता (जेनजी) र राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले आफूलाई एक नेता मात्र नभई योद्धा र साधारण नागरिकका रूपमा उभ्याएका छन् ।

इतिहासका धेरै मोडहरूमा जनतासँगै हिँडेको स्मरण गर्दै प्रचण्डले अहिलेको लडाइँ सत्ताका लागि नभई देशको भविष्य र नयाँ पुस्ताको सपनाका लागि भएको जिकिर गरे । सम्बोधनका क्रममा उनले आफ्नो जीवनलाई एउटा खुला किताबको संज्ञा दिँदै आफ्नै आँखा अगाडि जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनुपरेको पीडा पोखे ।जीवनको अन्तिम समयमा साथ छाडेर गएकी जीवनसंगिनी र हजारौँ सहयोद्धाको बलिदानलाई स्मरण गर्दै उनले एक मानिसले जीवनमा गुमाउन सक्ने सबै कुरा आफूले गुमाइसकेको बताए । यति धेरै पीडाका बाबजुद सहिदहरूको सपना र समृद्ध नेपालको यात्राले आफूलाई अघि बढ्न प्रेरित गरिरहेको उनको भनाइ थियो ।नयाँ पुस्ताले उठाइरहेको भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारको माग जनयुद्धकै एजेन्डा भएको दाबी प्रचण्डले गरे । संसदीय खेल र कुर्सीको तानातानले देशलाई पछाडि धकेलेको निष्कर्ष सुनाउँदै उनले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था अपरिहार्य रहेको दोहोर्याए । उनले आफू नयाँ पुस्ताकै सोच बोकेर हिँडेको यात्री भएको भन्दै आफ्ना र युवाहरूको माग एउटै भएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित