Khabar Samachar

Search
Close this search box.

विमानस्थलबाट भन्सार अधिकृतसहित ३ कर्मचारी पक्राउ

207
VIEWS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभाग गोश्वासरा हुलाक कार्यालय, पार्सल शाखामा कार्यरत नायव सुब्बा छबिप्रसाद रिजाललाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरूको साथबाट चारलाख ५३ हजार पाँचसय ५६ रुपैयाँ नगद र २३ थान मोबाइल सेट पनि बरामद गरिएको छ।

अख्तियारको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित