Khabar Samachar

Search
Close this search box.

नेपाललाई डिजिटल हब बनाउन गगन थापाका ४ योजना

201
VIEWS

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई पाँच वर्षभित्र डिजिटल हब बनाउने गरी विभिन्न योजना अघि सारेका छन्।

सोमबार भिडिओ सन्देश जारी गर्दै सभापति थापाले सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राख्दै पाँच वर्षभित्र नेपाललाई डिजिटल हब बनाउने लक्ष्यसहित चार प्रमुख योजना सार्वजनिक गरेका छन्।

उनले आफूले यसअघि कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको तीन/चार लाख कमाउन सकिने कुरालाई उडाइए पनि त्यो हावादारी नभएको पुनः दाबी गरेका छन्।

‘केही समयअघि कीर्तिपुरको एउटा राजनीतिक सभामा मैले त्यही डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ भनेको थिएँ। त्यो कुरा हाँसोको विषय पनि बन्यो, धेरै ट्रोल पनि भए। तर मैले हावादारी कुरा गरेको थिइनँ। त्यो कुनै उडन्ते सपना पनि थिएन। त्यो गर्न सकिन्छ भन्ने मेरो विश्वास थियो, किनकि मसँग केही स्पष्ट योजनाहरू थिए,’ उनले भने।

केही सुधारका कामहरू अघिल्ला सरकारले पनि गरेको सभापति थापाले बताए। अध्यादेशमार्फत गरिएका सुधारहरूले केही सकारात्मक परिणाम देखाए पनि पर्याप्त नभएको सभापति थापाले बताएका छन्।

उनले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई आइटी दशकको रूपमा परिकल्पना गरिएको १० वर्षमा ३० खर्ब बराबरको आइटी निर्यात गर्ने, ५ लाख प्रत्यक्ष रोजगारी र ठूलो स्ख्यामा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने भनेर अघिल्लो सरकारको परिकल्पना गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित