Khabar Samachar

Search
Close this search box.

स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला

204
VIEWS

एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए । शाहले सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित