Khabar Samachar

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि मतदातालाई पैसा बाँडेको आरोप

207
VIEWS

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा लागेको छ । स्थानीय नेकपा एमालेका कार्यकर्ताहरूले अन्सारीमाथि पैसा बाँडेको आरोप लगाउँदै होहल्ला गरेपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले सुरक्षा दिएर त्यहाँबाट लिएर गएको हो ।

मौन अवधिमा मुस्लिम मतदातालाई फकाउन जनकपुरधामस्थित सीताशरण होटलमा बसेर पैसा बाँडेको आरोप उनीमाथि लागेको हो।

अन्सारी चार दिनदेखि होटलको ३०५ नम्बर कोठामा बसेर जनकपुरमा मेयर पदका स्वतन्त्र उम्मेदवार बनेका जानकीराम साहको पक्षमा लविङ गरिरहेका थिए।

साहको पक्षमा मतदान गर्न मतदातालाई प्रभावित पार्न खोजेको भन्दै एमालेका युवाहरु होटेल पुगेर तोडफोड र आक्रमण प्रयास गरेका थिए।

विवाद बढेपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । क्षेत्रीले रातोपाटीसँग भने, ‘वहाँ खाना खानका लागि स्थानीयको घरमा जानु भएको रहेछ । त्यहाँ विवाद भएपछि हामीले एयरपोर्टसम्म लगेर छाडिदिएका हौँ । उहाँलाई पक्राउ गरिएको होइन ।’ उनी बिहीबार दिउँसो साढे १ बजेको उडानमार्फत काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित