स्याङ्जाको हरिनास गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेसका इन्द्रबहादुर गुरुङ विजयी भएका छन् । गुरुङ ८०४ मत प्राप्त गरी विजयी भएका हुन् । यो वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो ।
गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे ।
त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएका निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।
Discussion about this post