Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा निर्वाचित

206
VIEWS

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ काे निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् ।

वडा अध्यक्ष बुढामगरले ७७० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रिखबहादुर गौतमले ६२८ मत पाएका निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले जानकारी दिए ।

माण्डवी गाउँपालिकामा राजमाे, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका छन् । नेकपाकाे तर्फबाट उम्मेदवारी दिएका नेताहरूले माओवादी केन्द्रकाे चुनाव चिन्हबाट लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित