Khabar Samachar

डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी

208
VIEWS

डोटी — डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् ।डोटीमा यस निर्वाचनको क्रममा कांग्रेसले पहिलो पटक पालिका जितेको हो ।अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी विष्टले २ हजार ४ सय ७ मत ल्याएकी थिइन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरेकी थिइन् । उक्त पालिकामा कांग्रेसले २ वडा जितेको छ भने दुई वटामा एमाले र एउटामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा पनि बडीकेदार गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित