Khabar Samachar

Search
Close this search box.

जुम्लाको कनकासुन्दरी ८ मा दलित उम्मेदवारको प्यानल नै विजयी

214
VIEWS

सुर्खेत– जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा दलित समुदायका स्वतन्त्र उम्मेदवार  धनबहादुर कामी विजयी भएका छन्। वडा सदस्य पनि उनको प्यानका सबै उम्मेदवार विजयी भएका छन्।

दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए। धनबहादुरले २८८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाहीले २२० मत प्राप्त गरेका छन्।

वडा सदस्यमा गोल दमाई, कर्णजीत सार्की,  दलित महिला सदस्य चनाखी कुलाल र महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्लेले विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित