काठमाडौं– सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको १, २, ३ र ४ वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
वडा नम्बर १ मा कांग्रेसका आङदोर्जे शेर्पा ४१५ मतसहित निर्वाचित भएका छन्। उनी प्यानलसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर मगरले २३९ मत ल्याएका छन्।
वडा नम्बर २ मा नेपाली कांग्रेसकै रेशमबहादुर तामाङले जित हासिल गरेका छन्। उनले ७०३ मत पाए। उनी पनि प्यानलसहित विजयी बनेका हुन्। उनका प्रतिस्पर्धी एमालेका जितबहादुर तामाङले ६२४ मत ल्याएका छन्।
वडा नम्बर ३ मा कांग्रेसका जीवनकुमार भण्डारीले १०८९ मत ल्याउँदै प्यानलसहित जित हासिल गरे। उनका प्रतिस्पर्धी एमालेका राम श्रेष्ठले ६०३ मत ल्याए।
वडा नम्बर ४ का कांग्रेसका शेखरबहादुर भण्डारीले ११९९ मत ल्याउँदै जित हासिल गरेका छन्। उनी आफ्नो प्यानलसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका अर्थलाल श्रेष्ठले ४८७ मत ल्याएका छन्।
Discussion about this post