Khabar Samachar

भरतपुर २ मा कांग्रेसका मनोज रानाभाट निर्वाचित

214
VIEWS

 

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका उम्मेदवार मनोज रानाभाट वडाध्यक्षमा विजयी भएका हुन्।

उनले २ हजार १०५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण केसीले २ हजार ५८ मत प्राप्त गरेका छन्।

भरतपुरमा अहिलेसम्म कुल ८ हजार ८५ मतपत्रको गणना सम्पन्न हुँदा रेनुले २ हजार ९१८ मत पाएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका विजयले २ हजार ९१५ मत ल्याएका छन्।

यसअघि राति सवा १० बजे सर्वाजनिक मतपरिणाम अनुसार विजय १० मतले अगाडि थिए।

नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ९२४ मत प्राप्त गरेका छन्।

महानगरको उपप्रमुखमा भने गठबन्धनका चित्रसेन अधिकारी अगाडि छन्। उनले ३ हजार १९६ मत ल्याएका छन्। उनलाई राप्रपाका हिमला गुरुङ २ हजार ३१६ मतले पछ्याइरहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित