Khabar Samachar

काठमाडौंको वडा नम्बर २ मा एमाले विजयी

218
VIEWS

काठमाडौंको वडा नम्बर २ को अध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३ सय ७९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत प्राप्त गरेका छन् । श्रेष्ठ दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाका सबै सदस्य पनि एमाले नै निर्वाचित भएका छन् । यहीं वडाको मेयरमा भने एमालेका केशव स्थापितले ७५९ मत पाउँदा बालेन शाहले १ हजार ८२ मत प्राप्त गरेका छन् ।मेयरमा केशव स्थापित फराकिलो मतान्तरले पछि परिरहेका बेला काठमाडौं महानगरपालिका वडामा भने एमालेका उम्मेदवारी उत्तिकै फराकिलो मतान्तरमा विजयी भएका छन् ।

वडा नम्बर २ को अध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३ सय ७९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत प्राप्त गरेका छन् ।

श्रेष्ठ दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाका सबै सदस्य पनि एमाले नै निर्वाचित भएका छन् । यहीं वडाको मेयरमा भने एमालेका केशव स्थापितले ७५९ मत पाउँदा बालेन शाहले १ हजार ८२ मत प्राप्त गरेका छन् ।

यहाँ मेयरमा कांग्रेसकी सिर्जना सिंहले ५६० मत प्राप्त गरेकी छन् । सिर्जनाले पनि कांग्रेसका वडाध्यक्षले पाएको भन्दा ३ सय कम मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित