Khabar Samachar

काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस

217
VIEWS

नेपाली कांग्रेसले काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर जितेको छ।

कांग्रेस उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार ९ सय ८८ मत ल्याएर मेयर जितेका हुन्।

उनले नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए।

उपमेयरमा पनि कांग्रेसले जितेको छ।

सृजना बुर्लाकोटीले उपमेयर जितेकी हुन्। उनले १० हजार सात सय ८६ मत ल्याइन् भने एमालेकी भवानी डोटेलले आठ हजार ६ मत ल्याएकी थिइन्।

०७४ मा यहाँ नेकपा एमालेले मेयर र उपमेयर जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित