Khabar Samachar

बझाङको तलकोट गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडा एमालेले जित्यो

209
VIEWS

बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन् ।

ध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत ल्याए । राप्रपाका ललित प्रसाद जोशीले ३५ मत पाए ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याए । स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् ।

७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित