Khabar Samachar

गायक राजु लामाले चुमे सगरमाथाको चुचुरो

208
VIEWS

काठमाडौं– गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको टालीले ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो चुमेको हो।

आरोहण दलमा नेपाल, चीन, अस्ट्रेलिया, रुस र पाकिस्तान लगायत ५ देशका आरोही सहभागी थिए। आरोहण दलको नेतृत्व भने मिङ्मा जीले गरेका हुन्। उनी अक्सिजनबिनै चुचुरो चढेका थिए।

लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट समेत हुन्। उनी पछिल्लो समय वातावरणीय अभियानमा सक्रिय छन्।

सगरमाथा आरोहरणकै दौरान उनले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित