Khabar Samachar

तनहुँको आबुखैरेनीको प्रमुख तथा उपप्रमुख दुवै पदमा माओवादी विजयी

203
VIEWS

काठमाडौं– तनहुँको आबुखैरेनी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका शुक्र चुमान ३ हजार ९ सय ४० मत ल्याउँदै गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २ सय ३० मत ल्याए। एमालेका ऋषि केसीले भने १ हजार ८ सय ४ मत ल्याए। उपप्रमुखमा माओवादीकै दुर्गा अर्याल २ हजार ८ सय ४८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै पवित्रा गौलीले २ हजार १ सय ८३ मत ल्याइन्। एमालेकी मीना अधिकारीले २ हजार १ सय २७ मत ल्याइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित