Khabar Samachar

चाँगुनारायण नगरपालिका–१ मा कांग्रेस प्यानल विजयी

207
VIEWS

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा सिजन कार्कीसँगै उनको प्यानल नै विजयी बनेको हो।

कार्कीले १ हजार २२५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकट प्रतिस्पर्धिका रुपमा देखिएका एमालेका ईसोर थापाले १ हजार २१३ मत प्राप्त गरेका छन्। त्यस्तै, वडा सदस्य पदमा कांग्रेसका गोविन्द श्रेष्ट र श्रीकृष्ण श्रेष्ठ क्रमशः १११९ र १०४१ मत ल्याउँदै निर्वाचित भएका छन्।

महिला सदस्यमा कांग्रेसकी मुना गुरुङ ११७२ मत र दलित महिला सदस्यमा कांग्रेसकी बुजा बर्देवा ११९७ मत ल्याउँदै निर्वाचित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित