Skip to main content

Khabar Samachar

Search
Close this search box.

रौतहटको गौर नगरपालिकामा मेयर र उपमेयर दुबैमा एकीकृत समाजवादी

209
VIEWS

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले मेयर र उपमेयर दुबै जितेको छ।

अन्तिम मतपरिणामअनुसार मेयरमा एकीकृत समाजवादीका  शम्भु साहले लोसपाका अजयकुमार गुप्तालाई हराएका हुन्। साहले ६३८१ मत ल्याउँदा गुप्ताले ३७५५ मत पाए।

उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साहले ४८०९ मतसहित विजयी भएकी छन्। कांग्रेसकी शाहजान खातुनले ३६८५ मत पाइन्।

यो पालिकाका ९ मध्ये ६ वडामा पनि एकीकृत समाजवादीले अध्यक्ष जितेको छ।

२०७४ मा यहाँ मेयर राजपाले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित