Khabar Samachar

वीरेन्द्रनगरको मेयर र उपमेयरमा एमाले विजयी

206
VIEWS

काठमाडौं– सुर्खेत सदरमुकाम रहेको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्।

मेयरमा एमालेकी मोहनमाया ढकाल र उपमेयरमा पनि एमालेकै नीलकण्ठ खनाल निर्वाचित भएका हुन्।

गठबन्धनका उम्मेदवार कांग्रेसका उपेन्द्र खड्कालाई ५५४ मत अन्तरले पराजित गर्दै  ढकाल मेयरमा विजयी भइन्।  मेयरमा एमालेकी ढकालले १६ हजार ३८ मत ल्याइन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए। ढकाल २०७४ को स्थानीय निर्वाचनमा १६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरको उप–प्रमुख पदमा विजयी भएकी थिइन्।  मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्यम गिरीले ९ हजार ९८८ मत पाएका छन्।

यस्तै, उपमेयरमा एमालेकै निलकण्ठ खनाल २० हजार ३६४ मत पाएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ती ढकालले ११ हजार ५३३ मत पाइन्।  उपमेयरमा राप्रपाकी लक्ष्मी कुमारी सार्कीले ३६९७ पाइन्।

२०७४ सालको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित