महोत्तरीको साम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ । अध्यक्षमा रामनाथ यादव र उपाध्यक्षमा अनिता कुमारी निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित रामनाथले ३ हजार ८९३ मत ल्याउँदा नेपाली कांग्रेसका उत्तिम्प्रसाद यादवले २ हजार ५८२ मत ल्याए ।उपाध्यक्ष निर्वाचित जसपाकी अनिता कुमारीले ३ हजार २९५ मत ल्याउँदा कांग्रेसकी उर्मिला देवी साहले २ हजार ६८२ मत ल्याइन् ।
Discussion about this post