Khabar Samachar

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित

215
VIEWS

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन्। उनी ११३२२ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण ढुंगानाले ८२६३ मत ल्याएका छन्।

यस्तै, एकीकृत समाजवादीका कृष्णहरी थापा ३५५६ मतसहित तेस्रो स्थानमा छन्।

उपमेयरमा भने नेकपा एमालेकी शान्ता थापा विजयी भएकी छन्। उनले ९९७५ मत पाएकी छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका भोला चापागाईंले ५४२२ मत ल्याएका छन्।

कागेश्वरीमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित