Khabar Samachar

काठमाडौं महानगर : मेयरमा बालेन र उपमेयरमा सुनिताले कटाए २६ हजार

248
VIEWS

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २६ हजार ३ सय ८८ मतसहित अग्रता कायम गरेका छन्।

पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका केशव स्थापितले १४ हजार २ सय ३० मतसहित पछ्याइरहेका छन्।

कांग्रेसकी सिर्जना सिंहले जम्मा १३ हजार २ सय ७८ मत प्राप्त गरेकी छिन्। राप्रपाका मदनदास श्रेष्ठले २ हजार ६ सय ५५ मत ल्याएका छन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ३ सय ११ मत पाएकी छिन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय २१ मत मात्रै प्राप्त गरेका छन्।

हालसम्म ७० हजार ५ सय ३५ मतको गणना सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित