Khabar Samachar

काभ्रेको पनौतीमा मेयरमा नेपाली कांग्रेसका राम शरण भण्डारी र उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी

204
VIEWS

एमालेको बलियो प्रभाव मानिने काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राम शरण भण्डारी विजयी भएका छन् । भण्डारीले एमालेका मेयर उम्मेदवार भीम न्यौपानेलाई २ हजार २६७ मत अन्तरले हराए ।

कुल कसेको मतमा भण्डारीले १४ हजार ५० र न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे ।

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भइन् । बन्जाराले नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंलाई पराजित गरिन् । बन्जाराले १२ हजार ३३७ मत प्राप्त गरिन् भने हुमागाईंको पक्षमा १० हजार ३८८ मत पर्यो ।

नेपाली कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ । एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ । १२ नम्बर वडा नेकपा एकीकृत समाजवादीले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित