Khabar Samachar

बलात्कार आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

249
VIEWS

 

सुन्दरी प्रतियोगिताको आडमा एकजना किशोरीमाथि यौन दुर्व्यवहार आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनीमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।

युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो ।

सुन्दरी प्रतियोगिताका आयोजकमध्ये एकजना उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो।

सुन्दरी प्रतियोगितामा भाग लिँदा यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न नेपाल प्रहरीले ५ सदस्यीय समिति बनाएको भोलिपल्ट पाण्डे समातिएका हुन्। ​

उपत्यका प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा समिति बनेको थियो। महाशाखाको टोलीले उनलाई हिरासतमा लिएको हो।

भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का  रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ । नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाले यस विषयमा संसद्को ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित