Khabar Samachar

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी

220
VIEWS

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।

मेयरमा जसपाका दिपेन्द्र महतो ८७९९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका बिष्णु योन्जनले ५६२७ मत पाए भने कांग्रेसका वसन्त गुरुङले ५१३२ मत ल्याए ।

मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक हुन् ।

यस्तै उपमेयरमा पनि जसपाकी रेनु कुमारी ८४५५ मतका साथ विजयी भएकी छन् । उनका निकटत् प्रतिस्पर्धी माओवादीका जनक दुलारी साहले ५४९० मत पाइन भने कांग्रेसकी सुशीला देवीले ५०४७ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित