Khabar Samachar

काठमाडौं–७ मा नेपाली कांग्रेस प्यानलसहित विजयी

217
VIEWS

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष र वडासदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिमलकुमार होडा २ हजार ८६७ मत ल्याएर निर्वाचित भए। उनले नेकपा एमालेका कृष्णमणी भट्राईलाई पराजित गरे। भट्टराईले २ हजार ८१६ मत प्राप्त गरे। यो वडामा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पनि नेपाली कांग्रेस नै विजयी भएको छ।

२०७४ को स्थानीय तहको निर्वाचन र त्यसअघिका निर्वाचनमा यो वडामा नेकपा एमालेले जित हासिल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित