Khabar Samachar

Search
Close this search box.

रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी निर्वाचित

201
VIEWS

रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी निर्वाचित भएका छन् ।

त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन् ।

उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन् । यादवले निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसकी गुजराती यादवलाई १ हजार २ सय ९४ मतले पछि पार्दै विजय निकालेकी हुन् । गुजरातीले ३ हजार ४ सय ४२ मत प्राप्त गरिन् भने निर्वाचित शुशिला यादवले ४ हजार ७ सय ३६ मत पाइन् ।

वडामा मिश्रित नतिजा आएको छ । ७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ मा लोसपाका राजेश तेली ६ सय ९५ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा जसपाका अमरनाथ यादव ९ सय ४५ मत ल्याइ विजयी भएका छन् भने ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डे एक हजार २० मत ल्याइ विजयी भए । वडा नम्बर ४ मा लोसपााका बेचुराम गडेरिया ५ सय ४७ मत ल्याइ विजयी भए भने ५ मा पनि लोसपाका संजय कुमार सैनी एक हजार ४६ मत प्राप्त गरि विजयी हुन सफल भए ।

यस्तै वडा नम्बर ६ मा जसपाका विनोद यादव ५ सय ४ मत ल्याइ विजयी भए । वडा नम्बर ७ मा कांगे्रसका पवन कुमार यादव ७ सय ४४ मत प्राप्त गरी निर्वाचित भए । ७ वडा रहेको कोटहीमाईमा २६ हजार २ सय ४२ मतदाता रहेकोमा २० हजार ६ सय ७५ जनाले मताधिकार प्रयोग गरेका थिए ।

१६ स्थानीय तह रहेको रुपन्देहीमा अब तिलोत्तमाको मतगणना गर्न मात्रै बाँकी छ । तिलोत्तमामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित