काठमाडौं । जित सुनिश्चित भइसकेको काठमाडौं महानगरपालिकाको नयाँ अपडेट आएको छ । अपडेटअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६० हजार मत कटाएका छन् भने उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् ।
कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापित निकै पछाडि छन् । सिर्जना र स्थापितले ३७ हजार हाराहारीमा मत पाएका छन् ।
उपमेयरमा नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २३ हजार मत पाएका छन् ।काठमाडौंको मतगणना अन्तिम चरणमा पुगेको छ ।
Discussion about this post