Khabar Samachar

राहदानी विभाग आइतबार पनि खुल्‍ने

206
VIEWS

राहदानी विभागले सार्वजनिक बिदाको दिन (आइतबार) पनि सेवा प्रवाह गर्ने भएको छ । नीति तथा कार्यक्रममा विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउन उल्लेख गरेकाले १५ गतेबाट नियमित रुपमा खुल्ने भएको हो ।

विभागका अनुसार सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागेको हो । अर्को व्यवस्था नभएसम्म आइतबार १० देखि ४ बजेसम्म खुल्ने भएको हो ।

त्यस्तै विभागले राहदानीको लागि आवेदन दिएका सेवाग्राहीले बुकिङ गरेको सम्बन्धित मिति र समयमा विभागमा आउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित