Khabar Samachar

काठमाडौंको उपमेयरमा भारी मतान्तरसहित सुनिता डंगोल विजयी

205
VIEWS

काठमाडौं । नेकपा एमालेकी सुनिता डंगोल काठमाडौं महानगरको उपमेयरमा निर्वाचित बनेकी छन् । भारी मतान्तरसहित उनले गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरिन् ।

भर्खरै सार्वजनिक गरिएको मत परिणाम अनुसार उपमेयरमा सुनिताले ६८६१२ मत ल्याएकी छन् । पराजित उम्मेदवार श्रेष्ठले २३८०६ मत प्राप्त गरे ।

सुरुमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी सुनितालाई पछि एमालेले उपमेयरको टिकट दिएको थियो । उनी नेवारी भाषा, संस्कृतिको प्रवर्द्धनमा सक्रिय अभियन्ता हुन् । साथै, सन् २०११ कि मिस नेवा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित