Khabar Samachar

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो : प्रधानमन्त्री देउवा

209
VIEWS

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। सरकारको नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले लिपुलेकलगायतको भूभाग नेपालको भएको दाबी गरे।

प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ  । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ । सीमा सम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको छ ।

उनले यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक लिपुलेकका बारेमा सरकारको जवाफ माग गरेका थिए। उनले प्रधानमन्त्री देउवालाई जवाफ दिन भनेका थिए। त्यस्तै उनले नेपाल सधै एक चीन नीतिका पक्षमा रहेको पनि बताए।

उनले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आइरहेको र नेपाल सरकारले देशको हितलाई ध्यानमा राखी पारस्परिक लाभ र सार्वभौमिकताका आधारमा सम्बन्ध अघि बढाइरहेको पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित