Khabar Samachar

सरकारको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित

203
VIEWS

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित भएको छ ।

 

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम संघीय प्रतिनिधि सभा बैठकमा बहुमतले पारित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरेकोमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।नीति तथा कार्यक्रममाथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो। त्यसक्रममा सांसद्हरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारकै दोस्रो बैठकमा जवाफ दिएका थिए। त्यसपछि सांसद्हरुले सोधेको स्पष्टीकरणको पनि जवाफ दिएका थिए।

अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

यसअघि प्रधानमन्त्रीले सांसदहरुका पूरक प्रश्नको समेत जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित