Khabar Samachar

काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि

206
VIEWS

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् ।

भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित