Skip to main content

Khabar Samachar

Search
Close this search box.

वेपत्ता विमान अहिलेसम्म फेला परेको छैन : प्रहरी

215
VIEWS

काठमाडौं– पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान अहिलेसम्म फेला नपरेको सुरक्षाकर्मीले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डएसपी सुन्दर तिवारीले विमानको खोजी जारी रहेपनि अहिलेसम्म फेला नपरेको लाई जानकारी दिए।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख तथा डीएसपी रामप्रसाद दानीले पनि विमान फेला पार्न नसकिएको बताए।

‘अहिलेसम्म विमान फेला पार्न सकिएको छैन। हामी खोजी कार्यमै छौं’, डीएसपी दानीले भने।

आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित