Khabar Samachar

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

209
VIEWS

हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङको थासाङ-२ , ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीयले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको बताए । उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर प्राप्त भएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौँ।

उनले आफूहरुले पाएको सूचनाअनुसार त्यहाँ हेलिकप्टर पठाइसकेको जानकारी दिए । तर, मौसम भने अझै खबर रहेको उनी बताउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित