Skip to main content

Khabar Samachar

Search
Close this search box.

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

209
VIEWS

हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङको थासाङ-२ , ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीयले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको बताए । उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर प्राप्त भएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौँ।

उनले आफूहरुले पाएको सूचनाअनुसार त्यहाँ हेलिकप्टर पठाइसकेको जानकारी दिए । तर, मौसम भने अझै खबर रहेको उनी बताउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित