Skip to main content

Khabar Samachar

Search
Close this search box.

भित्री वस्त्रमा लुकाएर ल्याएको ५१६.५ ग्राम सुनसहित विमानस्थलमा एकजना पक्राउ

218
VIEWS

शरीरमा लगाएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए ।प्रहरीका अनुसार विमानस्थल भन्सार कार्यालयमा यात्रु चेकजाँचको क्रममा उनले लगाएको भित्री वस्त्र (अण्डरवेयर) भित्र लुकाएर राखिएको अवस्थामा ४६६.५ ग्राम बिस्कुट आकारको सुन थान-४ थान र ५० ग्रामको सिक्री गरी ५१६.५ ग्राम नियन्त्रणमा लिइएको हो ।

उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।

भट्टराईका अनुसार उनको कट्टुमा विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६.५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित