Khabar Samachar

आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई खनालको आग्रह

204
VIEWS

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिएका हुन्।

आफ्नो पार्टीले मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरून्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाई थियो। सम्मानित नेता खनालले भने, ‘मैले धेरै पटक यसको जवाफ दिईसकेँ–यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ। यो तुरून्त लागू हुनुपर्छ। नेकपा (एकीकृत समाजवादी) ले गर्नुपर्ने निर्णय गरिसकेको छ। यसलाई गठबन्धन सरकारले तुरून्त कार्यान्वयन गर्नुपर्छ। अरु कुनै विकल्प छैन।’

सम्मानित नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित