Khabar Samachar

Search
Close this search box.

ककनीको प्रशारण लाइनमा मान्छे चढेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द

217
VIEWS

नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।
ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।

प्रहरीका अनुसार उनी बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हुन् । उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । ‘अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन बन्द गरेका छौं, ६०/६२ मेगावाट विजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको छ’ उनले भने ।

प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् ।‘लाइन नभएका बेला चढेका रहेछन्। स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको छ। उनलाई तल झर्न फकाइरहेको छ। तर, उनी झर्दैनन्’, अध्यक्ष तामाङले भने, ‘उनकै कारण अहिलेसम्म लाइन आएको पनि छैन। त्यति माथि कसरी पुग्ने हो। उनी तल झर्दैनन्। ‘सम्झाई बुझाई गर्दा एक पटक तल झरिसकेका थिए, तर अहिले फेरि माथि नै रोकिएका छन्, प्रहरीको स्थानीय युनिट र स्थानीय वासिन्दा लागिरहेका छन्’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रामप्रकाश शाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित