Khabar Samachar

चिनी प्रतिकिलो बीस रुपिया बढेर एक सय पाँच रूपैयाँ पुग्यो

206
VIEWS

चिनी प्रतिकिलो बीस रुपिया बढेर एक सय पाँच रूपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले पछिल्लो समय चिनी प्रतिकिलो पाँच रूपैयाँ बढेर एक सय पाँच रूपैयाँ पुगेको जानकारी दिए। संघले जेठ १५ गते पठाएको तथ्यांकअनुसार चिनी प्रतिकिलो एक सय रूपैयाँ थियो। पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको उनी बताउँछन्। संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।

बजारमा भारतबाट प्रतिबन्ध अघि आयात भएका र नेपाली उत्पादकले उत्पादन गरेको चिनी पाइन्छ । तर, भारतले निर्यात रोक लगाएपछि नेपाली उद्योगीले चिनी बिक्री रोकेको एक होलसेल व्यापारीले बताए । ‘नेपाली र भारतीय बजारको चिनी दुवै पाइँदा बजारमा चिनीको होलसेल मूल्य ९० रुपैयाँ थियो,’ ती व्यापारीले भने, ‘अहिले होलसेल मूल्य नै ९५ देखि एक सय रुपैयाँसम्म पुगेको छ, तर पनि चिनी पाइएको छैन् ।’ होलसेलमा ९५ रुपैयाँ माथि पुगेपछि खुद्रा मूल्य बढ्नु स्वभाविक भएको ती व्यापारीले बताए ।

यता नेपाल चिनी उद्योग संघले भने बजारमा उद्योगबाट चिनी ८१ रुपैयाँ किलोमा बिक्री भइरहेको दाबी गरेको छ । संघका उपाध्यक्ष राजकुमार अग्रवालले चिनी सित्तैमा बाँड्ने वस्तु नभएको बताए । ‘उद्योगबाट बजारसम्म पुग्दा मूल्य त महँगीअनुसार बढ्छ त,’ अग्रवालले थपे, ‘भारतीय चिनी चोर बाटोबाट प्रशस्त मात्रामा भित्रिएका कारण बजारमा अभाव नहोला ।’ संघ अन्तर्गतका उद्योगबाट उत्पादीत ४० टन चिनी अहिले आफूहरुसँग मौज्दात रहेको पनि उनले बताए ।

खुद्रा बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने भर्खरै चिनी खरिदको प्रक्रिया थालेको जनाएको छ । एक सय टन चिनी खरिदका लागि केही दिनमै प्रक्रिया थाल्ने गरी काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले जानकारी दिए ।

‘गत वष सरकारले हामीलाई सहयोग गरेन, भन्सार छुटमा चिनी ल्याउन नदिंदा यस पटक बजारमा हाम्रो उपस्थिति भएन,’ चन्दले थपे, ‘एक दुई दिनमै चिनी खरिदको टेन्डर गर्छौं ।’ वाणिज्य मन्त्रालयबाट कम्पनीले आयात गर्ने चिनीमा भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताए । चिनीको खरिद प्रक्रिया सकेर चिनी नेपाल भित्रिन कम्तीमा ४५ दिन लाग्ने पनि कम्पनीले जनाएको छ ।

भन्सार विभागकाअनुसार वैशाख अन्तिमसम्म नेपालमा ४ अर्ब ८३ करोड रुपैयाँको ९ करोड ४८ लाख किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष यस्तो आयातको परिमाण १८ करोड ५२ लाख थियो भने कुल लागत ८ अर्ब ९१ करोड हाराहारी थियो । चिनीको महँगीमा सरकारल हस्तक्षेप नगरे मिठाइ र बिस्कुट उद्योगहरु समस्यामा पर्ने उद्योगीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित