Khabar Samachar

न्यायाधीश र वकिलबीच लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो

204
VIEWS

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बुधबार दिउँसो १ बजे बस्नेगरि न्यायपरिषद्को बैठक बोलाइएको हो।

काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको एक विवादास्पद अडियो सार्वजनिक भएपछि बैठक बोलाइएको हो।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो। मंगलबार न्यूज २४ टेलिभिजनले  अडियो सार्वजनिक गरेको हो।

गम्भीर विषयको अडियो बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बोलाइएको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउन प्रस्ताव गरिएको छ र त्यसबापत २ करोड आफूहरुले पाउने अडियो सुन्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित